चर्मचक्षुभन्दा पर

बाह्रखरी

काठमाडौँ
तस्बिर : बाह्रखरी

माधव सयपत्री

‘अन्ततः यसपटकका लागि अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयमा आफ्नो जिम्मेवारी पूरा गरी फर्कने क्षण आइपुगेको छ । हार्वर्ड आउनुपूर्व जुन उत्साह थियो, कोरोनालाई बिर्सने हो भने हार्वर्डमा आएपछि पनि त्यो उत्साह र उमंगमा रत्तिभर कमी आएन । मिलनसार तथा सहयोगी कर्मचारी, सहकर्मी तथा साथीहरूको व्यवहारले हार्वर्डको बसाइ नसकिए हुन्थ्यो झैं लागिरह्यो । कोभिड–१९ र अनेक राजनीतिक उतारचढावबीच पनि अध्ययन अध्यापन अनि अनुसन्धानलाई प्रभावित हुन नदिन हार्वर्डले गरेको मिहिनेत सिक्नयोग्य देखियो । यहाँ बस्दा अमेरिकाबारे जे अनुभूति भयो, त्यो केही महिनापहिले एउटा दैनिकमा लेखिसकेकै छु । अहिलेका लागि यत्ति मात्रै भनौँ, झन्डै यो सोह्रमहिने बसाइ व्यक्तिगत रूपमा मेरा लागि उपलब्धिले भरिएको र यादगार अविस्मरणीय क्षण बनेर रहिरहनेछ ।’

अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा सोह्रमहिने भिजिटिङ स्कलरको कार्यकाल सकेर अमेरिका छाड्नुअघि डा. कमल लामिछानेले आप्mनो फेसबुक पेजमा व्यक्त गरेको छोटो अनुभूति हो यो । 

पत्रिकामा आएको दृष्टिविहीन विद्यावारिधिवाला एकजना डाक्टरको पुस्तक अंशले मलाई झड्का हानेको थियो । जन्मजात एक दृष्टिविहीन मानिसको कतिविधि अग्लो उचाइ ! उसले जिन्दगीको सगरमाथा आरोहण कसरी सकुशल पूरा गर्यो होला ! कसरी ‘समिट’ मा ‘मिट’ गर्यो होला ! असम्भव लाग्ने त्यो उन्नतिका पहाड चढाइ कसरी सम्भव भयो होला ! पुस्तक अंशले मेरो दिमाग बेस्मारी रन्थन्याएको थियो । 

उनी हुन् कमल लामिछाने । पीएचडीधारी पहिलो नेपाली दृष्टिविहीन । चितवनको जुटपानीबाट काठमाडौँ । काठमाडौँबाट जापानको चुकुबा विश्वविद्यालय । जापानबाट अमेरिकाको हार्वर्ड विश्वविद्यालयको भिजिटिङ स्कलर । वा ! सफलताको त्यो लोभलाग्दो शृङ्खला । छोटोमा उनको प्राज्ञिक यात्रा यत्ति हो । तर यो सफलताका लगि उनले कति पापड बेले, त्यो जान्नका लािग उनको संस्मरण पुस्तक ‘अन्तर्दृष्टि’ विचरण गर्नै पर्छ ।

प्रकाशित मिति: : 2020-11-28 14:35:00

प्रतिकृया दिनुहोस्