संस्था बनाउन समय लाग्छ तर तोड्न, भत्कन र सकिन समय लाग्दैन। संसारकै शक्तिशाली एवं सरकारको नेतृत्व गरेका पर्टी सकिएका छन्। जिउँदा सहिद टंकप्रसाद आचार्य टुलुटुलु हेर्र्दैरहे। प्रजापरिषद् हाम्रोसामु छ। युगअनुसार चल्न नसक्दा नोकिया मोबाइल र फोटोग्राफीको कोडाकको हविगत। इतिहासमा व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ।
दाँत मिलेपनि आँत नमिलेको सरकारी नेकपामा संकटको व्यवस्थापन अबकसरी होला ? के यो संकट सो पार्टीको मात्रै हो कि देश, सत्ता र आमनागरिकले पनिझेल्न विवश छ ?विनाटिकटको रमिता र तमासा नियालिरहेको छ। प्रश्न, जिज्ञासा र चिन्ता बढे।राजनीतिक समीकरण फेरिने हो कि ? प्रतिपक्षको उदासीनता र कमजोरीले आफ्नै पार्टीभित्र प्रतिपक्ष खोजिएको त हैन?गम्भीर विषय समाधान,पत्यारिँदो जवाफ, उचित कारबाही गरिने सामाजिक दबाब रबहस विषयान्तर गर्न त रडाको हैन? यो भ्रष्टाचार,अक्षमताविरुद्धको अन्तरआत्माको चित्कार हो कि भागबन्डाको खेल ?पार्टी साँच्चैको पार्टी छ कि गिरोहहरूको संयुक्तमोर्चा ? के आन्दोलनबाटै आएका आदर्श, स्वप्नद्रष्टा र पहलकर्ता जोखिमसँग खेल्न सक्ने नेता र कार्यकर्ताअझै पार्टीमा छन्?यीस्वत्वका टसल हो कि अहंकारको भिडन्त ?चर्केको द्वन्द्वको मिलाप होला ?कसको भरमा यी द्वन्द्व कुन आधारमा बढ्दैछन् ? ककसको साथ कोकसलाई छ?कार्यकर्ता, मतियार र गिरोहबीच के फरक हुन्छ ? के यो कम्युनिस्ट पार्टी नै हो कि टेडमार्क ? के खुट्टा तासेर पनि जुत्ता लगाइन्छ दुई पाइलटको अर्थ यही थियो ?
राजनीति सधैँ सिधा रेखामा मात्र हिँड्दैन र सहज उत्तर पनि हुँदैनन्। समयअनुसार मित्र, सत्रु र सहयात्री फेरिँदै जानु आश्चर्य मानिँदैन्। हिजो गरिएका कटाक्ष, गालीशास्त्र फेरिएका सन्दर्भमा कुनै अर्थ राख्दैनन्। नयाँ परिवेशमा नयाँ मान्यता र तर्कले भूमिकाको औचित्य दिइन्छ। मौसमविद्ले सुनामीको पूर्वानुमान लगाउन सकेपनि भूकम्पको भने संकेतदिन सक्दैनन्। आफ्नै उपलब्धिको बोझ धान्न मुस्किल परिरहेको पार्टीलाई भुइँको टिप्न थाल्दा पोल्टाको नै पोखिने अवस्था छ। संख्यात्मक अहंकारले सधैँ राजनीति नियन्त्रण र निकास हुँदैन। शान्ति सम्झौताको १४ वर्ष बित्यो तर पूर्णता अझै पाएको छैन्, बरु द्वन्द्वको नयाँ संकेत देखापरे।