अस्ट्रेलियन ओपन दुई साता सर्न सक्ने

बिएल संवाददाता

काठमाडाै‌ं

वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपन दुई साता ढिलो सुरु हुने भएको छ। 

भिक्टोरिया राज्यका खेल मन्त्री मार्टिन पाकुलाले यसको जानकारी दिँदै भनेका छन्, ‘सरकार र टेनिस पदाधिकारीबीच लामो कुराकानी भइरहेको छ। प्रतियोगिता हुन्छ। तर, दुई साता ढिलो हुनसक्छ।’

प्रतियोगिताका लागि क्वारेन्टाइनको अवधि १० दिन राख्ने कुरामा पनि सरसल्लाह भइरहेको बताइएको छ। 

अस्ट्रेलियामा क्वारेन्टाइनको अवधि १४ दिनलाई मानिएको छ। हालै आइपीएल खेलेर देश फर्किएका अस्ट्रेलियाली खेलाडीलाई पनि १४ दिन क्वारेन्टाइनमा बस्न भनिएको थियो। 

अस्ट्रेलियन ओपन वर्षको पहिलो महिना अर्थात जनवरी १८–३१ को बीचमा हुने गर्दथ्यो। उनले आफूहरूले केही मितिको प्रस्ताव राखेको बताए। 

यसअघि युएस ओपन स्पर्धा हुँदा १० हजार कोरोना टेस्ट भएको थियो। यसमा एक जना खेलाडीको टेस्ट मात्र नेगेटिभ आएको थियो।

प्रकाशित मिति: : 2020-11-25 20:28:00

प्रतिकृया दिनुहोस्