सोमबार, १५ डिसेम्बर २०२५

सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ: मन्त्री श्रेष्ठ

News Image
• • •

सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने बताएका छन्।

विराटनगरमा आज साँझ सञ्चारकर्मीसँग कुुरा गर्दै उनले नेपाली जनताले पाँच वर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो सरकार पूरा अवधि सञ्चालन हुने बताएका हुन्।

मन्त्री श्रेष्ठले मुुलुुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जनताले पार्टीलाई दुुई तिहाई नजिकको जनादेश दिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार पूर्ण अवधिसम्म चल्ने बताए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!