बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो ।

‘प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बस्नु भएको,’ प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । 

कार्यालयका अनुसार उनी आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नु हुनेछ । त्यसपछि उनले पुनः परीक्षण गर्ने कार्यालयले जनाएको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2020-11-24 14:03:00

प्रतिकृया दिनुहोस्