शिलापत्र
पार्टीभित्र विवाद उत्कर्षमा पुगिरहेकै बेला २६ कात्तिकमा प्रधानमन्त्री केपी ओली हेलिकोप्टर चढेर अचानक उत्तरी सीमानाका किमाथाङ्का पुगे । गत पुसमा स्थापित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) अनुगमनका लागि विभागीय मन्त्रीको सट्टा प्रधानमन्त्री पुग्नु आफैँमा अमिल्दो थियो ।
सीमाक्षेत्र भ्रमणका क्रममा ओली यतिमै खुम्चिएका छैनन् । आज मात्र उनी इलाम र ताप्लेजुङको सीमावर्ती क्षेत्र पुग्दै छन् । ५ मंसिरमै उनी यी क्षेत्र पुग्ने तय भए पनि नेकपाको अन्तरसंघर्ष चुलिएपछि स्थगित गरिएको थियो । ३ मंसिरको सचिवालय बैठकले ओलीलाई दस्तावेज लेख्ने १० दिनको समय दिएपछि स्थगित सीमा भ्रमणमा पुनः पुगेका हुन् ।
'सीमाक्षेत्रमा पुगेर अन्तर्राष्ट्रिय जगत्लाई सन्देश दिने हाम्रो सामर्थ्य नै छैन । त्यसैले सीमाक्षेत्र पुग्दैमा कुनै सन्देश प्रवाह हुन्छ भन्ने सोच्नु गलत हो । जसलाई सन्देश दिुनपर्ने हो, उसले पत्याउनु पनि पर्यो नि', पूर्वप्रधानसेनापति गौरव शमशेर राणा ।
किमाथाङ्का पुगेजस्तै ओली ताप्लेजुङ र इलाम जानुको समेत कार्यकारी प्रमुखको हैसियतमा विशेष कार्यक्रम छैन । ताप्लेजुङको घुन्सामा स्वास्थ्यचौकी उद्घाटन गरेपछि ओली चीनसँग सीमा जोडिएको ओलाङचुङ्गाेला नाका उक्लनेछन् । त्यसपछि इलामको सन्दकपुरमा रहेको बीओपी निरीक्षणमा निस्कने कार्यक्रम छ । सन्दकपुरमा भारतले सीमास्तम्भ सारेर नेपाली भूमि मिचेको नेपाल पक्षको भनाइ छ ।
आखिर ओली किन सीमानाकातिर डुलिहिँडिरहेका छन् त ? सीमा जोगाउन आफू सक्रिय र दृढ रहेको सामरिक सन्देश दिन खोजेका हुन् ? यहाँनेर के स्मरणीय छ भने भारतीय अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा-कालापानी क्षेत्र र नवलपरासी पश्चिमको सुस्तामा नेपाल-भारतबीच सबैभन्दा ठूलो समस्या छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया