बीपी प्रतिष्ठामा उपचाररत दुई कोरोना संक्रमितकाे मृत्यु

Breaknlinks
Breaknlinks

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितकाे मृत्यु भएको छ।

प्रतिष्ठानको सूचना विभागकाअनुसार इलामका माइनगरपालिका १ का २५ वर्षीय पुरुष र मोरङको सुन्दर हरैचा नगरपालिकाको विराटचोक बस्ने ६७ वर्षीय पुरुषकाे सोमबार बिहान मृत्यु भएकाे हाे। 

फोक्सो सम्बन्धी दीर्घरोगी इलामका २५ वर्षीय पुरुषलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।

यसैगरी मधुमेहका दीर्घरोगी मोरङका पुरुषलाई कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि मंसिर १ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारकाे क्रममा मृत्यु हुने कोरोना संक्रमितहरुको संख्या १ सय ११ पुगेको छ।

प्रकाशित मिति: : 2020-11-23 15:04:00

प्रतिकृया दिनुहोस्