सोमबार, १५ डिसेम्बर २०२५

गायक शिवराज जङ्गमको गीत ‘मुना’ सार्वजनिक

News Image
• • •

गायक शिवराज जङ्गमको गीत ‘मुना’ सार्वजनिक भएको छ । 

गायक जङ्गमकैै रचना तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन्। भिडियोमा  सन्दीप श्रेष्ठ र अनु थापा मगरको अभिनय छ । 

घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर भिडियो तयार पारिएको निर्देशक नवीन भट्टले बताए। 

गीतको छायाङ्कन ज्ञान चौलागाईंँले तथा भिडियो निर्देशन र सम्पादन नवीन भट्टले गर्नुभएको छ । गीत फोरक्युब इन्टरटेन्मेन्टबाट निर्माण गरिएको हो । 

गीतको भिडियो डिएआर मुभीको अधिकृत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!