फ्रिज्ममा राखेर चिसिएका
समानहरु झै
अनायासै किन चिसिए आज
हाम्रा समबन्धहरु !
मैले सोचे थें
प्यारको आगाे बालेर
उपहारमा तिमीलाई
सुगन्धित रागहरु दिउला
तर अफसोच,
समयको बतास,आँधी भएर आयो
र निभायो हाम्रा सम्बन्धहरु
सेलाएको चिसो पानी झै
अनि बनायो खरानी
हाम्रा सम्बन्धहरुलाई
फ्रिज्म राखेर चिसिएका
समानहरु झै गरेर
अनायासै आज चिसिए
हाम्रा सम्बन्धहरु !
पैलापैला कति धेरै तात्तिएका थिए
हाम्रा सम्बन्धहरु
म मैन हुदा तिमी आगो भएका थियौं
र त ततायौं कयौं रातहरु ।
कति रङ्गिए आगनहरु
र कति बालिए हामिहरुलाई
विजयउत्सव र उमङ्गहरुमा
बिस्तारै म पग्लिए
र बिस्तारै तिमी टाढियौं
मबाटै,
मेरो अस्तित्वबाटै
तिमी आगो भएर पनि यार मसँग चिसियौं
ए तिमीलाई याद छ त्यो रात
सबैभन्दा तातो तिमी थियौं।
र त ततायौं कयौं रातहरु
खुवायौं पकाएर भातहरु
के तिमीलाई थहा छ
म अगेनो हुँदा
तिमी चुलो भएका थियौं
तर, अब हाम्रो रहरको चुल्हो कैले पनि बल्दैन
तर, अब हाम्रो घरको अगेनो कैले पनि जल्दैन
मैले सोचे जिवनभर हामि त्यसैगरि तातै रहुँला
र प्रेमिल धुवाहरु उढाउला
तर, अफसोच ऐले हेमन्तशिर्शिरमा
खुल्ला आकासको
शीतलहर परेर एकसाथ अनिकालमा झरेर
सर्बहाराको घरमा निबेको चुल्हो झै गरि
खै के मिस्सिए मिस्सिए
र चिस्सिए हाम्रा सपनाका स्टोबहरु
चिस्सिए मनन्च्यासे
पेटहरु
बचाइराख्न
दौडिए हाम्रा दाजुभाइका भोकहरु
प्रवेशद्वारको गेटबाट भारतको बाटो हुँदै
र फैलिए यो देससँगै गरिवीका दुर्गन्धहरु
फ्रिज्मा राखेर सेलाइएका सामानहरु झै
सरकार चिस्सिए हाम्रा सम्बन्धहरु ?
हो चिस्सिए हाम्रा सम्बन्धहरु ।
मैले सोचे थे,
तिम्रा स्मृतिहरुमा
मेरो मातृभूमिमा
म अबिस्मरणीय भएर उभिउँला
र जब म
जमिनमा मेरा कसिला पैतालाहरु टेकेर
उभो उभिरहेको थिए
तर अफसोच,
यो समाज
भुइचालो भएर आयो
र लढायो मलाई
र तिमी त्यही समाचार सुनेर
अनायासै हरायौं
त्यही समाजमै
र भुलियौं
त्यही भुइचालोसँगै।
तिम्रा ती राता ओठ चुमुला
मैले सोचेथे तिमीलाई
फ्लावर बनाएर म बटर फ्लाइ बनुला
र पछि बिस्तारै तिमी
मेरो रहरले फुल पनि भयौं
र भमरा भए
तर, अफसोच
ती बगैचाका ढोका हुँदै तिम्रो दिलको द्वारमा
म आउनु अघिनै
मान्छेहरुले तिमीलाई चुडिसकेको थियो ।
मैले सोचे थें सरिता, सूर्य भएर
म तिमीलाई तताउला
र तिमीलाई मेरो आकासमा सजाउला
तर, अफसोच
बादल मेरो आँखै अगाडी आएर बसिदियो
र ढाकिदियो मेरा हरेक अङ्गहरु ।
तिमी पानी न थियौं
यसैले उभो फर्कियौं
तिम्रो के दोष ?
कसैले भाडोमा राखेर तिमीलाई
मुनिबाटै आगो लगायो
र त तिमी उम्लियौं !
माथीमाथी छछल्कियौं
र भुईमा पोखिएरै सकियौं
जति जति तिमीलाई भेट्ने अविलाशा राखिरह्ये
उतिउति तिमी मबाट टाढा टाढा गयौं।
जब आकासबाट खसाएर
इस्वरले पृथ्विान पढाइदियो
मलाइ विस्वास थियो
तिमीलाई देख्ने पाउने र भेट्ने
जति जति तिमीलाई भेट्ने अविलाशा राखिरह्ये
उतिउति तिमी म बाट टाढियौं
र म आउनु अगाबै
मेरा यादहरुमा
मेरा दिमाखहरुमा
तिमी बाफ भएर उढिदियौं
र बसिदियौं फेरि त्यही आकासमा गएर
तर मलाइ के थहा त्यो मिराज हो भनेर
के तिमीलाई थाहा छ ?
तिमीलाई मैले कति सम्झिएँ
के तिमीलाई थाहा छ !
बगरमा आएर म कत्ती तड्पिएँ
जुनबखत तिम्रो प्यासमा
म मृग भएको थिए ।
र अन्तत मैले सोचे थें, तिम्रा लागि
म यो जगतकै एक आकर्षक ब्यक्तित्व बनुलाँ
तर अफसोच,
यो दुनियाँ मेरो अगाढि चुम्वक भएर उभियो
खिया लागेका कवाडी
बेकामका फलामहरु झै गरेर
बिस्तारै खिइए म
र बिस्तारै सकिए हाम्रा सम्बन्धहरु ।