सोमबार, १५ डिसेम्बर २०२५

 छैठाैँ नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्र पार्कीलाई

बिएल संवाददाता

बिएल संवाददाता

नेपालगञ्ज
News Image
• • •

 छैठाैँ नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जितेका छन्।

शनिबार बिहान भएको प्रतिस्पर्धामा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर पार्की पहिलो भएका हुन्। उनी १३ औँ साँगका स्वर्ण पदक विजेता समेत हुन्।

यता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए। उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका छन्। 

यस्तै हाफ म्याराथनको उपाधि  १३ औँ सागमा सिल्भर मेडल जितेकी सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितेकी छन्।

निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरेर उनले उपाधि जितेकी हुन्। 

यस्तै जुम्लाकी मञ्जु रावत दोस्रो भइन्। उनले निर्धारित दूरी १ घण्टा ३० मिनेट सात सेकेण्डमा दूरी पूरा गरेकी थिइन्।

तेस्रो भएकी दाङकी सर्मिला घर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेण्डमा दूरी पूरा गरिन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!