भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले कोरोना भाइरसविरुद्धको सम्भावित खोप लगाएका छन्।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत कोरोना भाइरसविरुद्धको सम्भावित खाेप ‘कोभ्याक्सिन’ लगाएको जानकारी दिएका हुन्।
उनले आफूलाई स्वास्थ्य विभागका विशेषज्ञ चिकित्सक टोलीको निगरानीमा भारतको बायोटेक कम्पनीले उत्पादन गरेकाे खोप लगाएको बताएका छन्।
भारतमा बायोटेक कम्पनीले इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च आइसीएमआरकाे सहयोगमा खोप बनाइरहेको छ।
कम्पनीले यही हप्ता यो खोपको तेस्रो चरणको परीक्षण २६ हजार स्वयंसेवकमा गर्ने जनाएको थियो।
अन्तिम परीक्षण सफल भएमा सन् २०२१ को मार्चसम्म कोभ्याक बजारमा बजारमा आउने जनाइएको छ।