भारतमा इन्टरनेट प्रयोगकर्ता ७६ करोड

भारतमा इन्टरनेट सेवा सुरु भएको २५ वर्ष पुरा भएको छ। यस अवसरमा सरकारले सार्वजनिक गरेको रिपोर्टमा हाल भारतमा ७६ करोड इन्टरनेट प्रयोगकर्ता भएको बताइएको छ। 

भारतमा इन्टरनेट सेवा सुरु भएको १५ अगस्टमा २५ वर्ष पुरा भएको थियो। पछिल्लो चार वर्षमा यहाँ इन्टरनेट प्रयोगकर्ता दुई गुणाले बढेको बताइएको छ।

अर्थात २१ वर्षमा जति इन्टरनेट प्रयोगकर्ता भारतमा थिए, २०१७ यता त्यही हाराहारीमा भारतीयहरू इन्टरनेटको प्रयोग गरिरहेका छन्। 

डेटाको खपत, हरेक महिना प्रत्येक व्यक्तिलाई उपलब्ध गराइएको १२ जिबी डेटाको प्रयोग जस्ता सुविधाले इन्टरनेट प्रयोगकर्ता बढेको अध्ययनमा बताइएको छ। 

सन् २०१६ सम्म भारतमा ३४ करोड मानिस इन्टरनेटसँग जोडिएको थिए। २०२० समाप्त हुनुअघि यसको संख्या ७६ करोड पुगेको हो।

 यही वर्ष जुनदेखि अगस्टसम्म १० करोड मानिस थपिएका थिए। अहिले भारतमा प्रत्येक महिना ७१ लाख मानिस इन्टरनेटसँग आवद्ध हुँदैछन्।

प्रकाशित मिति: : 2020-11-20 09:30:00

प्रतिकृया दिनुहोस्