सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

बुधबार बेलुकी भर्ना गरिएका गोदावरी ४ का ७४ वर्षीय पुरुषको राति साढे १२ बजेतिर मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार मधुमेहबाट पीडित ती व्यक्तिलाई घरमा एक्कासि श्वासप्रश्वासको समस्या भएपछि अस्पताल ल्याइएको थियो। 

त्यही क्रममा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएकाे थियाे। उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।

यससँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
 

प्रकाशित मिति: : 2020-11-19 12:28:00

प्रतिकृया दिनुहोस्