नेपाल क्रिकेट टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता २०२३ सम्म कायम रहने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल क्रिकेट टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता २०२३ सम्म कायम रहने भएको छ। 

कोरोना महामारी र यस बीचमा कुनै प्रतियोगिता सिरिजहरु हुन नसकेकोले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको ओडीआई मान्यता एक वर्ष लम्बाएको छ।

 सन् २०१८ मा नेपालले चार वर्षका लागि ओडीआई मान्यता पाएको थियो। 

‘कोरोना कारण निर्धारीत सिरिजहरु हुन सकेन। त्यसैले ओडीआई मान्यता एक वर्ष थप गर्दै २०२३ मार्चसम्म लम्ब्याएको छ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने।

२०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएपछि नेपालले अहिलेसम्म जम्मा १० ओडीआई खेल खेलेको छ। जसमा नेपालले ५ जित र ५ हारको नतिजा निकालेको थियो।

यस बीचमा नेपालले विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा चार खेल खेलेको थियो। जसमा नेपालले ४ खेल खेलेको छ जसमा २ जित र २ हार व्यहोरेको थियो।

प्रकाशित मिति: : 2020-11-18 15:01:00

प्रतिकृया दिनुहोस्