सोमबार, १५ डिसेम्बर २०२५

दुई मोटरसाइकल ठोकिँदा ६ जना घाइते

News Image
• • •

पर्साको बहूदरमाई नगरपालिकामा मंगलबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोकिँदा ६ जना घाइते भएका छन्।

घाइते हुनेमा बहूदरमाई नगरपालिका ६ गम्हरियाका ३८ वर्षको गोपाल यादवको खुट्टा भाँचेको छ भने ३ वर्षीय जयकरण यादवको खुट्टा र छातीमा गम्भिर चोट लागेको छ।

 यस्तै १२ वर्षको अन्जली, १० वर्षको हरिओम यादवलाई सामान्य चोटपटक लागेको छ। 

ठक्कर दिएको मोटरसाइकल चालक बहुदरमाई नगरपालिका ४ का अभिषेक साह र आयुष साह रहेका छन। गम्भीर रुपमा घाइते भएकोहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ l

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!