बेलायतमा कोरोनाबाट एकै दिन ५९८ जनाको निधन, अमेरिकी यात्रुलाई विमानस्थलमै टेस्टिङ गरिने

बेलायतमा कोरोना भाइरसको संक्रमण तीब्र भएको छ। यहाँ २४ घण्टामा ५ सय ९८ जनाको निधन भएपछि प्रधानमन्त्री बोरिस जोन्सन लकडाउनलाई केही कडा बनाउने योजनामा छन्। 

गत साता मात्र जोन्सन सरकारले केही ठाउँमा आंशिक लकडाउन गरेको थियो। यसले खासै राम्रो नतिजा दिएको छैन। 

पछिल्लो समय संक्रमितको संख्या पनि २२ हजार नाघेको छ। बेलायतमा हाल ५२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। १२ मेपछि एकै दिनमा मर्नेको संख्या तीब्र गतिमा बढेको छ। 

यसैबीच ब्रिटिश एयरवेजले अमेरिकाबाट आउने यात्रीलाई विमानस्थल भित्रै कोरोनाको टेस्टिङ गराउने भएको छ। अमेरिकामा कोरोनाको अवस्था भयावह छ। 

अमेरिका र बेलायतबीच दैनिक दश हजारको हाराहारीमा विमानद्धारा यात्रा हुने गरेको छ।

प्रकाशित मिति: : 2020-11-18 11:05:00

प्रतिकृया दिनुहोस्