बिएल संवाददाता
काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। महासघंको नेतृत्व चयनसहितको साधारणसभाका लागि व्यवसायीहरु दुई समूहमा विभाजित भएका छन्।
महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा ५४ औं साधारणसभाबाट स्वतः अध्यक्ष हुनेछन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएसँगै अहिले वरिष्ठ उपाध्यक्षका लागि दुई प्यानल चुनावी मैदानमा छन्।
महासंघका दुई उपाध्यक्षहरू किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकाल आ–आफ्नो प्यानलको नेतृत्व गरी चुनावी मैदानमा उत्रिएका छन्। प्रधानको प्यानलमा एसोसिएट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन्।
यसैगरी ढकालको प्यानलमा एसोसिएट उपाध्यक्ष पदका लागि रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षका लागि गुणनिधि तिवारी अघि सरेका छन्। दुवै प्यानलका उम्मेद्वारले दावेदारी प्रस्तुत गर्दै भोट माग्न थालिसकेका छन्। यसबाहेक पनि ६० जना कार्यकारिणी सदस्यका लागि पनि प्यानलजस्तै उमेद्वारी घोषणा भएको छ।
चुनावी सरगर्मी सुरु भएसँगै दुवै समूह जिल्ला दौडमा छ। ढकाल समूहले पश्चिमबाट जिल्ला दौड सुरु गरेको थियो भने प्रधान समूहले पूर्वबाट। पश्चिमबाट चुनावी अभियान सुरु गरेको ढकाल समूह अहिले पूर्व पुगेको छ भने पूर्वबाट चुनावी दौड सुरु गरेको प्रधान समूह पश्चिम पुगेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया