बिएल संवाददाता
यमपञ्चक सुरु भएलगत्तै राजधानीको असन क्षेत्रमा समान किनमेल गर्नेको भिड बाक्लिन थालेको छ। मुख्य व्यापारीक केन्द्रसमेत रहेकाे असन तिहारका लागि चाहिने सामग्रीले अहिले ‘गुल्जार’ देखिन्छ ।
सुनका गरगहना, भाइ मसाला, तामाका भाँडा तथा मिठाइ लगायतका सामान छान्दै गरेका ग्राहकको भिडले असन क्षेत्रमा राैनक बढाएकाे छ।
यस्तै घर सजावटका लागि चाहिने मैनबत्ती, बिजुली बत्ती, फूललगायत सामग्री किन्ने र ती सामान ग्राहकलाई देखाउने पसलेका क्रियाकलाप पनि चाखलाग्दो देखिन्छ ।
काठमाडौं उपत्यकामा दिनहुँ २ हजार माथि कोरोना संक्रमित फेला परेपनि किनमेल गर्नेहरूलाई यसको खासै त्रास देखिदैन।
मास्क, पञ्जा लगायत आवश्यक सामग्री बिनै बजारमा जमघट हुने हुँदा संक्रमणदर बृद्धि भइरहेको छ। असनको व्यस्तता एवम् रौनक साँझतिर देखिन्छ।
तिहारको बिक्रि वितरण सामग्री, फूलमाला, रोटीदेखि लत्ताकपडाको बिक्रि वितरण गर्ने व्यापारी अरु बेलाभन्दा फरक देखिन्छ असनमा।
विभिन्न रंगका बत्ती तथा रंगीविरंगी फूल तथा टीकाले असन अनेक रंगमा घुलेको छ। बत्तीले चाेक अनि गल्लि चम्किएको छ।
किनमेल गर्ने संख्या बढेपनि बिक्रेतामा भने खुसी छाउन सकेको छैन। लकडाउन र कोरोना प्रभावले विगतका सालमा झै सरसमान नभित्रिँदा उत्साहपूर्ण माहोल नबनेको उनीहरु बताउँछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया