सोमबार, १५ डिसेम्बर २०२५

वीरगञ्जको लछुमनवामा टोल सुधार समिति गठन

News Image
• • •

पर्सास्थित वीरगञ्ज महानगरपालिकामा टोल सुधार समिति गठन गरिएको छ। 

नेकपाका पर्सा जिल्ला सभापति प्रभु हजराको बिशेष उपस्तिथिमा वीरगञ्ज महानगरपालिका १५ लाछुमनवामा टोल सुधार समिति गठन गरिएको नेपाल विद्यार्थी संघ पर्साका उपाध्यक्ष शेष हजराले जानकारी दिएका हुन्। 

समिति गठन कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष गजेन्द्र प्रसाद पटेल ज्यू, राखेपका केन्द्रीय सदस्य मानदेव हजरा, नेपाली कांग्रेसका युवा नेता दीपेन्द्र पटेल, समाजसेवी लछुमन हजरा, कांग्रेसका जिल्ला सदस्य देव प्रकाश पटेल युवा, नेता अनिल हजरालगायत युवाहरूको सहभागिता रहेको थियो। 

टोलीले उक्त टोलमा भएको विकृति ,विसंगतीलाई हटाई एउटा सभ्य समाजको निर्माण गर्ने सहभागीहरुले विश्वास व्यक्त गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!