सोमबार, १५ डिसेम्बर २०२५

फिनल्यान्डसँग विश्वविजेता पराजित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग पराजित भएकाे छ। 

स्टेट डि फ्रान्स पेरिसमा बुधबार राति भएको खेलमा घरेलु टोली फ्रान्स फिनल्यान्डसँग २–० ले पराजित भएकाे हाे।

फिनल्यान्डका मार्कुस फोर्स र ओन्नी भालाकारीले गोल गरे। 

फिनल्यान्डले २८औं मिनेटमा मार्कुस फोर्सले गोल गर्दै अग्रता लिन सफल भयो।

उनले रसमस कार्जालाइनेनको पासमा गोल गर्न सफल भएका थिए। 

 ३१औं मिनेटमा ओन्नी भालाकारीले जोनी काउकोको पासमा गोल गर्दै फिनल्यान्डलाई २–० ले जिताए।

चोटका कारण मुख्य फरवार्ड केलियन एमबाप्पे मैदान उत्रिएका थिएनन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!