‘सरकार मदमस्त भयो, नियन्त्रणका लागि संसद् बोलाउनुपर्छ’

बाह्रखरी

काठमाडाैं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार राष्ट्रिय र जनसरोकारका विषयमा जिम्मेवार नभएको भन्दै संसद्‌को अधिवेशन माग गर्नुपर्ने निष्कर्षमा पुगेको छ । कांग्रेस पदाधिकारीको बैठकले विशेष महाधिवेशनको आवश्यकता र औचित्यता रहेका ठहर गरिसकेको छ । कात्तिक २७ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी बैठकले गरेको विशेष अधिवेशनको मागबारे छलफल हुनेछ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले केन्द्रीय कार्यसमिति बैठकमा संसदको विशेषले प्रवेश पाउने बताइन् । “पदाधिकारी बैठकले संसदको अधिवेशन अहिलेको आवश्यकता हो भनिसकेको छ । धेरै राष्ट्रिय सरोकार, जनसरोकारका विषयवस्तुहरुमा सरकारलाई गम्भीर बनाउनलाई संसद्‌ नै चाहिन्छ ।  सबभन्दा महत्त्वपूर्ण ठाउँ संसद हो,” सचेतक भुसालले भनिन्, “पदाधिकारी बैठकले निर्णय गरिसकेको छ । केन्द्रीय कार्यसमितिमा पनि यो विषयमा छलफल हुन्छ । यसको आवश्यकता र औचित्यतासहित कांग्रेसले माग गर्छ ।” नसरोकारका विषयमा सरकार गम्भीर नभएकाले जिम्मेवार बनाउने र जनताप्रति जवाफदेही पनि बनाउन संसद्‌को आवश्यकता रहेको कांग्रेसको निष्कर्ष छ । 

प्रकाशित मिति: : 2020-11-10 17:25:00

प्रतिकृया दिनुहोस्