सोमबार, १५ डिसेम्बर २०२५

पार्टीभित्र अप्रजातान्त्रिक गतिविधि बढ्याे, समयमै महाधिवेशन गराैँ: प्रकाशमान सिंह

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌
News Image
• • •

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र अप्रजातान्त्रिक गतिविधि बढेको दावी गरेका छन्।

गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले प्रजातान्त्रिक गतिविधि हाबी भएको बताएका हुन्।

‘पार्टीभित्र अप्रजातान्त्रिक गतिविधि हाबी भएको छ। यसलाई सुधार्न अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्छ। तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्छ,’ उनले भने।

चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थिति आएको भन्दै उनले चिन्ता व्यक्त गरे। 

नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै उनले अहिलेका नेताहरु पनि सच्चिनुपर्ने बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!