बिएल संवाददाता
दोलखाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पुजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ।
दोलखामा पछिल्लो समय वढदै गएको कोरोना भाइसरका कारण देखाउदै सङ्क्रमणको अवस्था भन्दै सङ्कट व्यवस्थापन केन्द्रले नित्यपूजाबाहेक अन्यलाई दर्शन तथा पुजापाठ गर्नका लागि वन्द गरेको जनाएको छ।
लकडाउनका कारण लामो समयदेखि वन्द रहेको पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोक क्षेत्रमा पछिल्लो समय अन्तरिक पर्यटक आंशिक रुपमा जान थालेका र कालिन्चोक कुरी वजार क्षेत्रका केहि होटल सञ्चालनमा आउन थालेका छन्।
सूचनाको अभावका कारण कतिपय भक्तजन दर्शन गर्न आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना प्रशासन गरी उक्त क्षेत्रमा नजान निर्देशन गरेको छ।
कालिन्चोक गाँउपालिकाको कुरी बजारमा रहेको प्रहरी चौकीभन्दा माथि घ्याङडाडाबाट माथि टुटयानबाट आउनेलाई तेस्रो बाटोभन्दा माथि जानका लागि पूर्ण रुपमा बन्द गरेको र कोही कसैले अटेर गरी गएमा सङ्क्रमण रोग ऐन अनुसार कार्वाही गरिने जनाएको छ। रासस
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया