विहेपछि बर्बादीः नेपालमा बढ्यो ‘पोष्टम्यारिज अफेयर्स’

‘खाना थालमा खानुपर्छ, पानी धारामा पिउनुपर्छ तर सेक्स जहाँ भेट्यो त्यहिँ गर्नुपर्छ’ भन्ने अमेरिकन अभिनेता स्टिभ मार्टिनको भनाइको पछि लाग्ने हो भने पूर्वीय समाजका सम्बन्धहरू कुनै बाँकी रहँदैनन् ।

पश्चिमा विकसित समाजमा सम्बन्धहरू पानीका फोकाजस्ता हुनसक्छन् तर एसीया प्रशान्त क्षेत्रको समाजले त्यस्तो मान्दैन । यद्यपि, यौन सम्बन्धको आधारमा रहेर नै धेरै सम्बन्धहरू भत्किएका छन् नेपाली समाजमा ।

प्रविधिले भित्राएको सहज सम्पर्कमात्र होइन, सम्बन्धका विविध आयामका बारेमा आउन थालेका अनेक प्रकारका नयाँ खबरले नेपाल पनि आक्रान्त बन्न थालिसकेको छ । अहिले चर्चा छ–  ‘पोष्टम्यारिज अफेयर्स’ ।

सहरी क्षेत्रमा व्याप्त रहेको विवाहपछिको वैकल्पिक शारिरीक सम्बन्ध दूरदराजमा अभ्यास हुने क्रम पनि बाक्लिएको छ । सहरमामात्र समस्याको विषय बनेको यस्तो घरायसी कलहको सम्बन्ध अहिले गाउँघरको पनि समस्या बनी देखा परेको छ । यस्तो सम्बन्धलाई पूर्वीय सांस्कृतिक भाषामा ‘नाजायज’ अथवा ‘अवैधानिक’ सम्बन्धका रुपमा व्याख्या गरिन्छ ।

घरमा पति या पत्नी हुँदाहुदै पनि बाहिर अन्यसँग सम्बन्ध राख्नुलाई ‘पोस्ट म्यारिज’ वा ‘एक्स्ट्रा म्यारिज’ अफेयर्सका रुपमा बुझिन्छ ।

समाजमा विकृतिका रुपमा फैलँदै गरेका यस्ता व्यवहारले वैवाहिक सम्बन्धमात्र तोडिएका छैनन् समाजिक र सांस्कृतिक मान्यता पनि ढल्न थालेका छन् । घरमा पति वा पत्नी हुँदाहुदै परस्त्री वा परपुरुषसँग सम्बन्ध जोडिँदै जादा पारिवारिक माया, स्नेह, विश्वास र सम्बन्धमा खोट पैदा भई रिस, असमझदारी हुँदै सम्बन्ध टुंगिन थालेका छन् ।

प्रकाशित मिति: : 2020-11-07 16:45:00

प्रतिकृया दिनुहोस्

यो पनि पढ्नुहोस्