दिनेश घिमिरे
म स्वयं आफ्नै लागि आफै दुश्मन हुँ
मेरा विचारहरु मेरै लागि दुश्मन हुन्
म आफ्नैविरुद्ध सोचहरु सिर्जना गर्छु
स्वयं आफैलाई आफ्नै दुश्मन बनाउँछु
आफैभित्र आफैसँग लड्छु भिड्छु
अनि आफैभित्र शून्यता सृजना गर्छु।
मेरा सपनाहरु आफ्नै लागि दुश्मन हुन्
म आफ्नैविरुद्धका सपनाहरु देख्छु
सपनाहरु आफ्नैविरुद्ध तयार पार्छु
आफ्नै सपनाहरुसँग लड्छु भिड्छु
अनि आफैभित्र शून्यता सृजना गर्छु।।
म आफ्नै लागि स्वयं आफैदुश्मन हुँ
आफ्नैविरुद्ध आयामहरु संकलन गर्छु
आफ्नैविरुद्ध प्रयोग गरी प्रक्षपण गर्छु
मेरो प्रक्षपण आफैविरुद्ध सफल हुन्छ
आफ्नै आयामहरुसँग लड्छु भिड्छु
अनि आफैभित्र शून्यता सृजना गर्छु।।।
म स्वयं आफ्नै लागि दुश्मन हुँ
म आफैभित्र विरोध तयार पार्छु
विरोधसँग आफै लड्ने तयारी गर्छु
आफ्नै विरोध विचारहरुसँग हाँर्छु
आफ्नैविरुद्ध आन्दोलन सिर्जना गर्छु
आफ्नैविरुद्ध आफै लड्छु भिड्छु
अनि आफै भित्र शून्यता सृजना गर्छु।।
म स्वयं आफ्नै लागि दुश्मन हुँ
आफ्नै भित्र पक्ष विपक्ष सिर्जना गर्छु
पक्ष विपक्ष लाई आफैभित्र भिडाउछु
आफु आफ्नै अस्तित्व धरापमा पार्छु
आफ्नै भित्र जीवन बिताउने भिडन्त
आफ्नै जीवन यात्रा भित्रको भिडन्त
आफैसँग आफैलाई दुश्मन सिर्जना गर्छु
आफ्नै विरुद्ध आफै लड्छु भिड्छु
अनि आफै भित्र शून्यता सृजना गर्छु।।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया