बिएल संवाददाता
साउथह्याम्टन इंग्लिस प्रिमियर लिगकाे शीर्षस्थानमा उक्लिएको छ।
सेन्ट मेरिज स्टेडियममा शुक्रबार राति भएको खेलमा न्युक्यासल युनाइटेडमाथि २–० काे सहज जित हात पार्दै साउथह्याम्टन शीर्षस्थानमा उक्लिएको हाे।
घरेलु टोलीले खेलको सातौँ मिनेटमा चे एडाम्सको गोलबाट अग्रता लिएको थियो।
८२औँ मिनेटमा स्टुआर्ट आम्सस्ट्रोङले गोल गर्दै साउथह्याम्टनलाई सहज जित दिलाए।
प्रिमियर लिगमा ८ खेलमा पाँचौ जित निकालेको साउथह्याम्टनकाे १६ अंक
छ। लिभरपुलकाे पनि समान अंक छ। तर लिभरपुल गोल अन्तरमा पछि पारेको छ भने एक खेल कम खेलेको छ।
पराजित न्युक्यासल ११ अंक जोडेर ११औँ स्थानमा छ।
यस्तै प्रिमियर लिगको अर्काे खेलमा ब्राइटन र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। यो बराबरीले ब्राइटन १६औँ स्थानमा तथा बर्नली १९औँ स्थानमा रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया