स्रोत नखुलेको ४० लाख रकम बरामद

फाइल तस्बिर

प्रहरीले काठमाडौं भित्रीने नाका नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रकम सहित एक जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले शुक्रबार बिहान बुटवलबाट काठमाण्डौतर्फ आउदै गरेको लु १ ख ८६५२  नम्बरको यात्रु बहाक बसबाट पश्चिम नवलपरासीका व्यास गुप्ताबाट उक्त रकम बरामद गरेको हो।

गुप्ताले उत्त रकम कालो झोलामा लुकाएर काठमाडौं ल्याउदै गरेका थिए। पक्राउ परेका गुप्तालाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-06 16:16:00

प्रतिकृया दिनुहोस्