राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघनः रावल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले मर्यादा र गरिमाको उल्लङ्घन गरेका बताएका छन्।

नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय हुनु भनेको पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा ठहरिने बताएका छन्।

हालै राष्ट्रपति भण्डारीले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेकी थिइन्।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रय रहनुभएको समाचार आइरहेको छ,’ नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’

प्रकाशित मिति: : 2020-11-06 11:23:00

प्रतिकृया दिनुहोस्