शीतलनिवासमा गर्मी

तस्बिर : नयाँ पत्रिका

नेत्र पन्थी/शुरोजंग पाण्डे

देशको नेतृत्व गर्ने जिम्मेवारी पाएको सत्तारुढ दल नेकपाले आफ्नै आन्तरिक विवाद पनि थेग्न सकेको छैन, खुमलटार र बालुवाटारको विवाद शान्त पार्ने कसरतले शीतलनिवासमा बाह्रैमास उष्णता छाएको छ

४ मंसिर : दुई अध्यक्ष शीतलनिवासमा
शीतलनिवासमा राष्ट्रपति विद्या भण्डारीलाई साक्षी राखेर नेकपा दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनको कार्यविभाजनमा सहमति । 

६ पुस : १२ नेतालाई आमन्त्रण
नेकपा स्थायी कमिटी बैठक चलिरहेको वेला दोस्रो पुस्ताका १२ जना नेतालाई शीतलनिवासमा दिवा भोजका लागि बोलावट । 

८ वैशाख : राष्ट्रपतिमाथि नेकपा नेताकै प्रश्न
राजनीतिक दल विभाजन गर्न प्रधानमन्त्री केपी ओलीले पठाएको अध्यादेश तुरुन्ता–तुरुन्तै सदर गरेको भन्दै प्रचण्ड–नेपाल समूहबाट राष्ट्रपतिको आलोचना ।

१० असार : प्रचण्ड, खनाल र नेपाल शीतलनिवासमा
नेकपा विवाद चर्किएको वेला अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसँग शीतलनिवासमा राष्ट्रपतिको संवाद । 

१५ असार : ओली एकै दिन दुईपटक शीतलनिवासमा
स्थायी कमिटी बैठकमा राजीनामाको माग भएपछि प्रधानमन्त्री ओली एकै दिन दुईपटक शीतलनिवास पुगे ।

प्रकाशित मिति: : 2020-11-04 07:54:00

प्रतिकृया दिनुहोस्