बिएल संवाददाता
रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूहको तेस्रो खेलमा इन्टर मिलानलाई ३-२ ले पराजित गरेको छ।
स्पेनिस च्याम्पियन रियलका लागि करिम बेन्जिमा, सर्जियो रामोस र रोड्रिगोले गोल गरे। इन्टर मिलानका लागि मार्तिनेज र पेरिसिकले गोल गरे।
रियलले २५औँ मिनेटमा बेन्जेमाको गोलमा अग्रता लिएको थियो।
३३औँ मिनेटमा कप्तान सर्जियो रामोसको गोलसँगै रियलले अग्रता दोब्बर पार्यो।
तर त्यसको दुई मिनेट नबित्दै इन्टरले गोल फर्कायो। अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले निकोलो खेललाई २-१ को स्थितिमा ल्याए।
दोस्रो हाफको ६८औँ मिनेटमा इन्टरले इभान पेरिसिचको गोलमा खेल बराबरीमा ल्यायो।
८०औँ मिनेटमा रियलले रोड्रीगो गोएसको गोलमा पुन: अग्रता लियो।
सिजनको पहिलो जितसँगै रियलले ३ खेलमा ४ अंक जोडेको छ। अपराजित रहेको बोरुसिया मोन्चेनग्लाडबाकको ३ खेलमा ५ अंक छ। समान ४-४ अंक जोडेपनि हेड टु हेडमा साख्तरले रियललाई उछिनेको छ। पुछारमा रहेको इन्टरको मात्र २ अंक छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया