बेलायती राजकुमार गएको अप्रिलमै कोरोना संक्रमित भएको खुलासा

बेलायती राजकुमार विलियम्सलाई गएको अप्रिलमा कोरोना संक्रमण भएको खुलेको छ।

द ड्यूक अफ क्याम्ब्रिज गएको अप्रिलमा कोरोना भाइरसबाट संक्रमित भएको द सनले पुष्टी गरेको हो।  

द सनका अनुसार ३८ वर्षे राजकुमारले आफ्नो संक्रमणको खबर देशव्यापी रुपमा चिन्ता नबढोस् भनेर गोप्य राखेका हुन्।

प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता र प्रधानमन्त्री प्रधानमन्त्री बोरिस जोनसन  कोरोना संक्रमित भएकै बेला प्रिन्स विलियम्स पनि संक्रमित भएको हुन सक्ने समाचारमा उल्लेख गरिएको छ। 

उनको उपचार राजदरबारका डाक्टरले गरेको र त्यस क्रममा सरकारी नियमको पालना भएको जनाइएको छ। 

उपचारको अवधिमा राजकुमार नोर्फोकमा रहेको एन्मेर हलमा आइसोलेशनमा बसेको समाचारमा उल्लेख छ।

समाचारमा भनिएको छ, ‘एक चरणमा उनलाई सास फेर्न धेरै गाह्रो भएको थियो, त्यसकारण सबैजना भयभित थिए।’

अहिले उनी कोरोना संक्रमणमुक्त भइसकेको जनाइएको छ। 

‘रिपोर्ट नेगेटिभ आएपछि उनी एकदम फिट र स्वस्थ छन् भन्ने कुरा पत्याउन पक्कै पनि अचम्म लाग्दो रहेछ,’ विलियमले भने।
 

प्रकाशित मिति: : 2020-11-02 06:29:00

प्रतिकृया दिनुहोस्