कांग्रेस नेता विश्वकर्मालाई उपचारका लागि दिल्ली लैजान माग

नेपाली कांग्रेसले कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका नेता मीनबहादुर विश्वकर्मालाई तत्काल थप उपचारका लागि विदेश लैजान सरकारसँग माग गरेकाे छ। 

आइतबार कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर विश्वकर्माको उपचारका लागि दिल्ली लैजान माग गरेका हुन्।

‘मसँगको कुराकानीमा डाक्टरहरूले मिल्छ भने दिल्ली लगे पनि हुन्छ भनेका छन्,’ नेता श्रेष्ठले बिएल नेपालीसँग भने, ‘अवस्था सुधार नभए उहाँलाई तत्काल एयर एम्बुलेन्सबाट विदेशमा लैजानुपर्छ।’ 

विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना पुष्टि भएको थियो।

केहि दिन होम आइसोलेसन र तीन दिन वीर अस्पतालमा उपचार गराएका थिए। कोरोना र निमोनियाको समस्या देखिएपछि पछिल्लो चार दिनदेखि विश्वकर्माको उपचार ग्राण्डी अस्पतालको भेन्टिलेटरमा भइरहेको छ।

श्रेष्ठले आइसियुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि शनिबार अपरान्ह उनलाई भेन्टिलेटरमा सारिएकाे जानकारी दिए।

यस्तै श्रेष्ठले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि विश्वकर्माको उपचारमा सहयोग तथा पहल गर्न आग्रह गरेकाे जानकारी दिएका छन्। 

प्रकाशित मिति: : 2020-11-01 14:04:00

प्रतिकृया दिनुहोस्