बिमार छ हाम्रो समाज

तस्बिर : नयाँ पत्रिका

मणिलाल विश्वकर्मा 

हाम्रो समाज कहाँ छ ? 
चेतना कहाँ छ ? 
स्नेह र मानवता कहाँ छ ? 

जब बोक्सीको आरोपमा ९० वर्षकी महिला कुटिन्छिन्, त्यो पनि आफ्नै छोराबाट, संगीनजस्ता धारिला प्रश्न खडा हुन्छन् । 

दसैँको अर्को दिन सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सुदामादेवी साह सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा दुव्र्यवहार गरेका छन् । सारा गाउँलेका अगाडि उनले आफ्नी आमालाई दिसा खुवाउने प्रयाससमेत गरेका छन् । 

दुवै छोरा छुट्टिएपछि सुदामादेवी एक्लै बस्दै आएकी थिइन् । यहीबीच उनका कान्छा छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा घाउ भएको थियो । बुहारीको घाउ लामो समयसम्म निको नभएपछि रामऔतारले आमालाई बोक्सीको आरोप लगाएका हुन् । आफ्नै नातिनीबुहारी बिरामी हुँदा आमाले बेवास्ता गरिन्, बरु उल्टै बोक्सी लागिन् भन्दै छोराले कुटपिट गरेको स्थानीयले बताएका छन् । 

दिसा खुवायो भने बोक्सीको नजर झर्छ भन्दै उनले आमालाई दिसा खुवाउने प्रयास गरेका थिए । उनले आदेश दिएपछि माहिलो छोराले प्लास्टिकमा दिसा घोलेर ल्याएका थिए । तर, घटनाको जानकारी पाएलगत्तै प्रहरी पुगेकाले रामऔतारले आमालाई दिसा खुवाउन भने नपाएको छिमेकीले बताएका छन् । 

प्रकाशित मिति: : 2020-10-31 08:08:00

प्रतिकृया दिनुहोस्