महेश नेपाली
चन्दननाथ नगरपालिकाले राज्यको उच्च ओहदामा काम गर्ने जुम्लाका राष्ट्रसेवक कर्मचारीलाई सम्मान गरेको छ।
जुम्ला जिल्ला घर भइ देशको विभिन्न स्थानमा काम गर्ने कर्मचारीलाई शुक्रबार सम्मान गरेको हो।
सम्मानित हुनेमा उच्च अदालतका न्यायधीस कृष्णलाल भट्टराई, सहसचिव तथा यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमाल, सहसचिव तथा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, डिआईजी टेकेन्द्र कार्की, म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रमुख कर अधिकृत पूर्णप्रसाद चौलागाई, कर्ण प्रसाद तिमिल्सेना, प्रमुख कोष नियन्त्रण गोपीचन्द्र भण्डारी, सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत रहेका छन्।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रेम देवकोटा, उपन्यायधिबक्ता नरेन्द्र देवकोटा, डिभिजन वन अधिकृत मुनवहादुर रावत, प्रमुख नापी अधिकृत पूर्ण प्रसाद पाण्डे, कानून उपसचिव निधिराज न्यौपाने, उपन्याधिवक्ता जयप्रसाद धिताल, कानून उपसचिव गोविन्द आचार्य, शिक्षा उपसचिव जवाहरलाल हमाल, कर्णाली प्रतिष्ठानका विशेषज्ञ डा। पुजन रोकाया, डा। माणिक न्यौपाने, डा पवन महत, डा तुफानसिंह कठायत, डा गोमा कठायत र प्रमुख कोष नियन्त्रक खडानन्द अधिकारीसहित २६ जनालाई पनि सम्मान गरिएको छ।
सम्मानित हुने सबैलाई संघिय सासंद गजेन्द्र महत, कर्णली प्रदेस सभा सदस्य दिनबन्दु श्रेष्ठ र चन्दननाथ नगरपालीकाका प्रमुख कान्तिका सेजुवालले संयुक्त रुपमा सम्मानपत्र र दोसल्ला ओडाएका थिए।
‘च्याखुरा र राडिपाखी घुस लिएमात्र छिर्न पाइने सिंहदरबारमा अहिले जुम्लाबाट पनि कर्मचारी संमयन्त्रमा स्थायी उपस्थिती हुँदा खुसी लागेको छ,’ सांसद महतले भने, ‘अब सबैले कर्णालीबासीको हितमा काम गर्ने दिन आएका छन्। तत्कालिन विशाल सिंजा राज्य ध्वस्त पार्ने राज्यबाटै हामी पिसिएकाले अब आफ्नो अधिकार आफै खोज्ने दिन आएको छ।’
त्यस्तै प्रदेश सांसद दिनबन्धु श्रेष्ठले कर्णाली परनिर्भर नभई आफ्नै भरमा टिक्ने बताए। ‘अब बैंकमा लोन लिन दहीको ठेकी लिएर आउने दिन गएका छन्। कर्णाली आफ्नै भरमा टिक्ने दिन आएको छ,’ उनले भने।
यस्तै चन्दननाथ नगरपालिकामा मेयर कान्तिका सेजुवालले उच्च स्तरको जनशक्तिलाई प्रोत्साहन दिनका लागि सामान्य सम्मान गर्ने कोसिस गरेको बताइन्।
‘कर्मचारीतन्त्र राज्य संचालन गर्ने स्थायी समयन्त्र भएकाले कर्णालीको उच्च ओहोदामा पहुँच हुनु गौरवको विषय हो,’ उनले भनिन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया