सन् २०१२ को चर्चित गीत ‘कोलावेरी डी’ का गायक धनुषले ८ वर्षपछि अर्को गीत गाउने भएका छन्।
धनुषले आफ्नो नयाँ फिल्म ‘अतरंगी रे’ का लागि गीत गाउन लागेका हुन् र यो गीतमा संगीत एआर रहमानको हुनेछ।
धनुषले इन्स्टाग्राममा रहमानसँग खिचेको फोटो सेयर गरेका छन्। जुन रेकोर्डिङ स्टुडियोमा खिचिएको थियो। ‘अतरंगी रे’ को निर्देशन आनन्द एल रायले गरेका छन्।
फिल्ममा धनुषसँगै अक्षय कुमार र सारा अली खानको पनि भूमिका छ। प्रेम कथामा आधारित यो फिल्म हिमान्सु शर्माले लेखेका हुन्। फिल्म २०२१ को भेलेन्टाइन डेमा रिलिज हुनेछ।
धनुष र आनन्द एल रायको यो दोस्रो फिल्म हो। सन् २०१३ मा रिलिज भएको रांझणाको निर्देशन पनि आनन्दले गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया