छोरा नभएपछि दुई छाेरीले आमाकाे किरिया गर्दै

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री वीरमणि ढकालकी दुई छोरी काजकिरियामा बसेका छन्। 

गत ६ कात्तिकमा काठमाडौंस्थित ह्याम्स अस्पतालमा आमा लक्ष्मी ढकालको मृत्यु भएपछि दुई छाेरीहरु किरिया गर्न बसेकी हुन् हुन्।

मृत्युपश्चात काजकिरिया गर्ने छोरा नभएपछि आफ्नी माइली र साइली छोरी अगाडि सरेकाे ढकालले जानकारी दिए।

उनले भने, ‘अन्य छोरीहरूको शारीरिक असक्तता तथा विभिन्न कठिनाइका कारण माइली र साँइली छोरी मात्र आमाको दशगात्र कर्म गर्न बसेका छन्। उनको दशगात्रको काम गर्न शनिश्चरे घरमै बसेका छौँ।’

श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो।

तीनदिनपछि ढकाललाई थप उपचारकाे लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा रेफर गरिएको थियो।

उनको उपचारकै क्रममा मृत्यु भएको थियो।

पूर्वमन्त्री ढकालका अनुसार ह्याम्समा गरिएको परीक्षणमा कोभिड पोजिटिभ देखिएको थियो।

‘कोरोना परीक्षण गराउँदा नै दुईवटै फोक्सोमा पनि संक्रमण भएको पत्ता लागेको थिया्े।सोपश्चात प्लाज्मा दिँदा पनि बचाउन सकिएन,’ उनले भने।

उनका अनुसार उपचार गर्दा  रेम्डेसिभिर औषधि पनि चलाइएको थियो।

प्रकाशित मिति: : 2020-10-29 19:09:00

प्रतिकृया दिनुहोस्