गत सोमबार चक्कु प्रहारबाट घाइते भएकी टिभी अभिनेत्री मालवी मल्होत्राले राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्मासँग अपील गर्दै आफूलाई सहयोग गर्न आग्रह गरेकी छिन्।
उनले बलिउडकी दबंग अभिनेत्री कंगना रनौटसँग पनि सहयोगको माग गरेकी छिन्। उनले आफू पनि हिमाचलको मण्डीबाट करिअरको खोजीमा मुम्बई आएको बताउँदै कंगनालाई सहयोग र समर्थन गर्न आग्रह गरेकी हुन्।
कंगना पनि हिमाचलबाट प्रतिनिधित्व गर्छिन। मालवी हाल मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना छिन्। उनलाई सोमबार योगेश नाम गरेको एक व्यक्तिले चक्कु प्रहार गरेका थिए। उनको पेट र हातमा चक्कु लागेको मालवीका आफन्त अतुल पटेलले जानकारी दिए।
हाल उनी खतराबाट मुक्त छिन् भने उनको पेट र हातको सर्जरी गरिने अस्पतालले बताएको छ। उनले कंगनासँग अपील गरिन्, ‘मलाई न्याय दिलाउन सहयोग गर्नुहोस्। म पनि तपाईकै क्षेत्रको मान्छे हुँ।’
उनलाई हमला गर्ने व्यक्तिविरूद्ध प्रहरीमा उजुरी दर्ता भइसकेको छ। सोमबार राती ९ बजे वर्सोवा नजिकै उनीमाथि चक्कु प्रहार भएको थियो। मालवीले हिन्दी, तेलुगु र तमिल भाषामा फिल्म पनि खेलेकी छिन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया