देशसञ्चार
मन्डिखाटारको कोइराला निवास, गेटबाट भित्र छिर्ने बित्तिकै हरियो विरुवाको संसार। त्यही विरुवाको बीचको बाटोबाट पुगिने मूलद्वार। ढोकाको सिधा चश्मा लगाएको एक पुरुषको श्यामश्वेत तस्बिर छ, उनी नेपालको ठूलो इतिहास थिए, हुन् ! विश्वेश्वरप्रसाद कोइराला । बिपी।
मालाको फ्रेम भित्रको उनको शालिन अनुहारले २००७ सालको प्रजातन्त्र स्मरण गराउँथ्यो। अनि नेपाली साहित्यमा उनको याेगदान पनि। अवसानपछि पनि उनको नाम न नेपाली राजनीति, न त साहित्यमा रुचि राख्ने नयाँ पुस्ताले लिन छुटाउँदैन।
हामी भने उनकी नातिनी अभिनेत्री मनिषा कोइरालासँग केही समय कुराकानी गर्न गएका थियौँ। कोरोना महामारी भारतमा सुरु हुँदा उनी आफ्नो ‘प्रोजेक्ट’ गर्दै थिइन्। चाँडै सक्काउने उनको समूहको योजना सक्किन नपाउँदै लकडाउन भयो।
अरुलेझैँ उनले पनि सोचिनन्- लकडाउन यति लामो जान्छ। मनिषाका बुवा र आमा दुवैजना भारतमा नै थिए। ‘बाबा आमा ७० वर्षभन्दा माथि उमेरको हुनुहुन्छ, म आफैँ पनि स्वास्थ्य समस्याबाट गुज्रेर निको भएको मान्छे, सबैको स्वास्थ्यको ख्याल म आफैँले राख्नुपर्ने थियो’, मनिषाले भनिन्, ‘२ महिनापछि मलाई उकुसमुकुस हुन थाल्यो। काठमाडौँ आयौँ भने कम्तीमा यहाँ हरियाली त छ।’
उनले घर सम्झिइन्। भाइको सन्तान, बाबाको अन्य सन्तान, आमाको माइती अरु अरु यही भएकाले पनि मनिषालाई घर फर्कन मन लाग्यो। तर यो वर्ष उनी काठमाडौँको एयरपोर्टमा उत्रिनन्, पाको उमेरका बाबा–आमा बोकेर हिँडेकी मनिषा नेपाल आउँन पहिला गोरखपुरसम्म प्लेनमा गइन्, त्यसपछि गाडी चढेर काठमाडौँ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया