बिएल संवाददाता
जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ।
घरेलु मैदानमा भएको खेलमा डर्टमण्डले साल्केलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
डर्टमण्डले तीनै गोल दोस्रो हाफमा गरेको थियो।
५५औँ मिनेटमा मानुएल आकान्जीले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए।
६१औँ मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दा डर्टमण्डको अग्रता २-० मा पुर्याए।
७८औँ मिनेटमा माट हुमेल्सले गोल गर्दै टोलीकै ३-० को सहज जित दिलाए।
जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेको छ। डर्टमण्ड तेस्रो स्थानमा रहेको छ।
पराजित साल्के ५ खेलमा १ अंक जोडेर पुछारबाट दोस्रोमा छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया