सनीराज शाक्य
गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौंको हनुमानढोकामा शुक्रबार अपरान्ह्रमा भित्र्याइएको छ।
विधिपूर्वक दरबारस्थित दशैँघरबाट बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीको बिदाई गरिएको थियाे।
साे डाेली कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले दिउँसाे हुनमानढोका दरबारमा आएका थिए।
साइतअनुसार नै हनुमानढोकामा फूलपाती भित्र्याइएको तिवारीले बिएल नेपाली सेवालाई जानकारी दिए।
यस वर्ष कोरोना महामारीले गर्दा सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याइएकाे थियाे। सहभागीहरु मास्क, पञ्जा र भाइजर लगायतका सुरक्षाका सामान प्रयाेग गर्दै उपस्थित भएका थिए।
यता सैनिक मञ्च टुँडिखेलमा सांकेतिक रूपमा फूलपाती बढाइँ गरिएको छ। विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि बर्सेनि दशैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया