थाहा खबर
बागलुङ नगरपालिका–३ पावरहाउसका नारायण शर्माले जिउँदो ब्रोइलर कुखुरा प्रतिकेजी १ सय ५० रुपैयाँमा बेचे। ३ केजीभन्दा बढी माग गर्नेलाई उनले घरमै लगिदिने व्यवस्था पनि गरेका छन्।
तर, उनले १ सय ५० मा बेचेको तिनै कुखुरा व्यापारीले बजारमा भने ३ सय ४० मा बेचेको देखेर उनी दंग परे। ‘नाफा खाने पनि निश्चित प्रतिशत हुन्छ, जे मनलाग्यो त्यहीं भाउ पनि हुन्छ र?’ उनले आक्रोशमिश्रित दुखेसो पोखे।
किसानले बेचेका कुखुरामा बिचौलियाले भने अत्याधिक नाफा लिएको थाहा पाएपछि उनले आफू ठगिएको महसुस गरे। सम्भव हुने उपभोक्ता नै आफ्नो फर्ममा आउन शर्माले आग्रह पनि गरेका छन्।
नारायण शर्माको मात्र हैन, जिल्लाका सबैजसो कुखुरापालक किसानको समस्या यस्तै छ। ५० रुपैयाँ पर्ने ब्रोइलर कुखुराको चल्ला बागलुङ आइपुग्दा ८० पर्छ। दानाको लगानी, खोर बनाउने लागतसहित ४० दिनसम्मको स्याहारबाट हुर्काएको कुखुरा किसानले प्रतिकेजी १ सय ५० रुपैयाँमा बेच्दा घाटा हुने गरेको किसानको गुनासो छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया