प्रदेश १ का कानुन मन्त्री कार्कीलाई कोरोना संक्रमण

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले  जानकारी दिएका हुन्।

उनी सामान्य रुघाखोकीलगायत असर देखिएपछि होम आइसोलेसनमा रहेका थिए। 

पोजेटिभ देखिएपछि बिराटनगरमा आफ्नै निवासमा आइसोलेसनमा बसेको कार्कीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-23 11:48:00

प्रतिकृया दिनुहोस्