प्रधानमन्त्रीले नै मिचे कूटनीतिक मर्यादा

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरीत भेट गरेका छन्।  प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन गोयलसँग भेटघाट गरी कूटनीतिक मर्यादा उल्लंघन गरेका हुन्।  

गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको अंग भएकाले त्यसका हरेक गतिविधिलाई शंकाको दृष्टिले हेर्नुपर्छ।  प्रधानमन्त्री ओलीले शंका निवारणका लागि पनि परराष्ट्र मन्त्रालयका अधिकारी र अनुसन्धान विभागका प्रमुखलाई भेटमा राख्नुपथ्र्यो।  तर उनले त्यस्तो आवश्यकता ठानेनन्।  भारतीय गुप्तचर संस्था रअ प्रमुखसहित नौजनाको टोली चार्टर्ड विमानमा काठमाडौं आउनु र प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किनुलाई सामान्य शिष्टाचार मात्रै मान्न नसिकने कूटनीतिक तथा राजनीतिक क्षेत्रका विज्ञको दाबी छ।  

प्रकाशित मिति: : 2020-10-23 09:01:00

प्रतिकृया दिनुहोस्