बिएल संवाददाता
दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका–९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए।
वीरेन्द्रनगर–६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटेलबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया