अमेरिकाकाे अलास्का नजिक ७.३ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको छ।

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको हाे।

भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम छ। भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन्।

भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको छ। 

केही स्थानमा सुनामीका साना लहर पनि देखिएको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: : 2020-10-20 08:34:00

प्रतिकृया दिनुहोस्