पुस्तौँदेखि यातना र घृणाका कथा भन्न अभ्यस्त भएका बाजेको प्रसन्नताको जलप लाग्दै गरेको अनुहार

‘देख्यौ, वामेहरू धर्म मान्दैनन्, आमा मान्दैनन्, यिनले सभ्यता र संस्कृतिका जरै उधिन्छन् !’

रातोपाटी

काठमाडौं
भयाक्रान्त श्रोताहरूका शिरमा भएको जगरणकारी जलवृष्टिसँगै सुरु भयो यातना पुराणको दोश्रो अध्याय, “श्री गणेशाय नमःः । हरि ओम् तत्सत् ।” कथा आतङ्कमयबाट झन् आतङ्कमय हुँदै अघि बढ्यो ।
भयाक्रान्त श्रोताहरूका शिरमा भएको जगरणकारी जलवृष्टिसँगै सुरु भयो यातना पुराणको दोश्रो अध्याय, “श्री गणेशाय नमःः । हरि ओम् तत्सत् ।” कथा आतङ्कमयबाट झन् आतङ्कमय हुँदै अघि बढ्यो ।

अठाह्र

भयाक्रान्त श्रोताहरूका शिरमा भएको जगरणकारी जलवृष्टिसँगै सुरु भयो यातना पुराणको दोश्रो अध्याय, “श्री गणेशाय नमःः । हरि ओम् तत्सत् ।” कथा आतङ्कमयबाट झन् आतङ्कमय हुँदै अघि बढ्यो । गरुड नामक उनै पात्रको जिज्ञासाको प्रत्युत्तरमा भगवान् नामक उनै पात्र भन्दै गए— यमलोकको बाटो यति दुःखदायी छ, पापीले यात्रामा भोग्नुपर्ने अकथनीय कष्टको कथा सुनेर पापीका त के कुरा भक्तहरूसमेत पनि काम्न थाल्छन् । बाटामा न वृक्षहरूको छाया छ, न विश्राम गर्ने ठाउँ । न अन्न, न पानी । तिर्खाले प्याक्प्याकी भएको प्रेतरूपी पुरुष पानी नपाएर काकाकुलझैँ तड्पिन्छ । बाटामा उसलाई बाह्रवटा सूर्यको तापले पोल्छ । पक्राउ परेर घिसारिएको पापी कतै मुटु ठिहिर्‍याउने हावाको प्रहारमा पर्छ, कतै भालासमानका काँडाले घोचिन्छ, कतै विषालु सर्पको डराइले मर्माहत हुन्छ । सिंहले दार्नु, कुकुरले टोक्नु र आगाले पोल्नु त मामुली कुरा भइहाले ।

क्रूर यमदूतहरू घिसार्दा छन्, असहाय प्रेत घिसारिँदो छ । जाँदा–जाँदा एउटा वन आउँछ, तरवाररूपी पात भएको वन । भयावह त्यो वन आठ अजार कोश लामो छ । त्यो तरबारे वनमा काग र उल्लु, वाज र गिद्ध, बारुला र मौरीको विगविगी छ । वनमा डढेलो हुर्हुरी बलिरहेछ । तरबारे पातले ताछेर प्रेतको शरीर क्षत–विक्षत हुन्छ । अझ त्यसमाथि यमूदतहरू उसलाई कतै अँध्यारा कुवामा खसाल्छन्, कतै विकट पर्वतबाट हुर्‍र्याउँछन् । कहीँ छुराका धारमा हिँडाउँछन्, कहीँ अडिरका काँडामा । उसलाई कहीँ आँधीवेरीतिर धकेल्छन्, कहीँ स्याउँस्याउँती जुका भएका हिलामा गाड्छन् । अनि कतै तताएको बलुवामा, कतै ताता राता फलाममा, कतै बल्दा कोइलामा, कतै निसासकारी धूवाँको विषाक्त मुस्लोमा हिँडाउँछन् । यातनाका यावत् प्रकरणबाट सन्तुष्ट नभएका कथालेखक मूल पुरोहितबाजे प्रेतमाथि आगो बर्साउँछन् । अथवा उसमाथि ढुङ्गाको, बज्रको, रगतको, शस्त्रास्त्रको र तातो पानीको बर्षा गरिदिन्छन् ।

क्रूर यमदूतहरू घिसार्दा छन्, असहाय प्रेत घिसारिँदो छ । जाँदा–जाँदा एउटा वन आउँछ, तरवाररूपी पात भएको वन । भयावह त्यो वन आठ अजार कोश लामो छ । त्यो तरबारे वनमा काग र उल्लु, वाज र गिद्ध, बारुला र मौरीको विगविगी छ । वनमा डढेलो हुर्हुरी बलिरहेछ । तरबारे पातले ताछेर प्रेतको शरीर क्षत–विक्षत हुन्छ । अझ त्यसमाथि यमूदतहरू उसलाई कतै अँध्यारा कुवामा खसाल्छन्, कतै विकट पर्वतबाट हुर्‍र्याउँछन् ।

उद्विग्न मनोदशामा म गम्छु— कथाका यातनाकारी स्रष्टाको कल्पनाशीलता कति उर्वर छ ! आफ्नो साधनामा कति अथक छ त्यो ! स्रष्टाको क्रूर कल्पनाले क्रीडा गर्दै जान्छ । र, क्रीडाको फलस्वरूप कतै धूवाँको र कतै हिलोको वर्षा हुन्छ । आफ्ना खूनी पन्जामा पारिएको प्रेतलाई यमदूतहरू कतै अति गहिरो खाडलमा हिँडाउँछन्, कतै विकटतम् पर्वतमा र कतै भयानक गुफामा हुल्छन् । बाटामा कतै अकल्पनीय अन्धकार छ, कतै छन् अवर्णनीय पहराहरु । अनि कतै तलाउहरू छन्— पीप, रगत र विष्टाले गजगज भरिएका ।

लौ, भयङ्कर वैतरणी नदी आइपुग्यो ! देख्नु त के सुन्दैमा पनि आङ जिरिङ्ग हुने पीपकुण्डरूपी वैतरणी नदी ! चार हजार कोश फैलिएको, पानीको सट्टा पीप र रगत बग्ने । हाडहरूको किनारा र रगत–मासुको हिलो भएको । असीम गहिराइ भएको त्यस नदीमा झुप्पारूपी कपालका झ्याउ लागेका छन्, जहाँ हिँस्रक पन्छीहरूको कहालीलाग्दो बिगबिगी छ ।

पेट पाल्नुका दुःखले आफूलाई अत्यन्तै प्रीतिकर लाग्ने क्रूरताको वर्णन गर्दै जाँदा पुरोहित बाजेका आँखामा चमक, अनुहारमा लालिमा र स्वरमा उमङ्ग भरिएको आभास हुन्छ । अनि छापामार शैलीमा छ्याप्प पानी छ्याप्दै स्वरमा उत्साहको पाइन भरेर उनी कथाको झटारोले श्रोतारूपी आफ्ना सिकारहरूलाई दनक दिन्छन्, “पापी आएको देखेर हे गरुड ! ती नदी ज्वाला, धूवाँले युक्त भएकी छँदी पाक्न थाल्छिन्, त्यसरी नै जसरी तताएको कराइभित्रको घिउ पाक्दछ ।”

प्रकाशित मिति: : 2020-10-17 08:12:00

प्रतिकृया दिनुहोस्