पेट्रोलमा कर असुल्ने, आयोजना विदेशीलाई बुझाउने !

३० असोज, काठमाडौं । राष्ट्रिय गौरबको सूचीमा रहेको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्यत् आयोजना फेरि विवादमा तानिएको छ ।

यो आयोजना चिनियाँ कम्पनी (गेजुवा ग्रुप) लाई दिँदा केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउबाले ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आरोप लगाएपछि बूढीगण्डकी आयोजना फेरि विवादमा तानिएको हो । 

गृहजिल्ला गोरखा पुगेर डा.भट्टराईले ओली, देउवा र प्रचण्डले आपसमा मिलेर ९ अर्ब रुपैयाँ घुस खाएको आरोप लगाएका थिए । आवश्यक परे आफूले त्यसको प्रमाण नै दिन सक्ने उनले बताएका थिए । डा. भट्टराईको आरोपपछि प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारुढ नेकपाले विज्ञप्ति नै जारी गरेर प्रमाण देखाउन चुनौती दिएका छन् ।

त्यसको काउन्टरमा डा. भट्टराईले सबै नेताको सम्पत्ति छानविन गर्न जनलोकपाल बन्नुपर्ने बताउँदै आफूले त्यसमा सघाउने बताएका छन् ।

प्रकाशित मिति: : 2020-10-16 22:25:00

प्रतिकृया दिनुहोस्