बिएल संवाददाता
लामो समयदेखि बन्द रहेको डोटीको दिपायल विमानस्थल र बैतडीको पाटन विमानस्थलबाट हवाई उडान पुनः सुरु भएको छ । धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो ।
अबदेखि धनगढीबाट हरेक शुक्रबार बिहान १०ः३० मा उडान भर्ने समिट एयरले ११ः३० मा उडान भर्ने छ भने धनगढीबाट हरेक मंगलबार बिहान १० बजे बैतडीका लागि विमानले उडान भर्ने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।
बुढथापामा अनुसार धनगढीबाट १६ यात्रु लिएर आएको उक्त विमानले डोटीबाट ११ जना लिएर गएको र धनगढीबाट १८ यात्रु बैतडी लिएर आएको र बैतडीबाट ७ यात्रु लिएर धनगढी फर्केको हो ।
हाललाई धनगढी-दिपायलको भाडादर तीन हजार दुई सय रुपैयाँ तोकिएको छ । विमानमार्फत डोटीदेखि धनगढी जाने यात्रुले दिपायलमा रहेको होटेल रिभरसाइडमा सम्पर्क गर्न सकिने समिट एयरले जनाएको छ । धनगढीबाट बैतडीको भाडा तीन हजार आठ सय रुपैयाँ तोकिएको छ।
नियमित हवाई उडान भए पनि विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ । यसअघि १७ असोजमा यहाँका तीन विमानस्थल डोटीको दिपायल, बैतडीको पाटन र बझाङको देवल विमानस्थलमा परीक्षण उडान गरिएको थियो ।
परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षणसमेत गरेको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया