शिवम् सिमेन्टले २४.२१ प्रतिशत नगद लाभांस दिने

शिवम् सिमेन्ट
शिवम् सिमेन्ट

शिवम् सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट २४.२१ प्रतिशत नगद लाभांस दिने भएको छ। कम्पनीको ८० औ सञ्चालक समितिको बैंठकले कर प्रयोजनसहित एक अर्ब ६ करोड रुपैयाँ नगद लाभांस दिने प्रस्ताव गरेको हो। 

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५.७८ प्रतिशत नगद लाभांस दिएको थियो। प्रिमियमसहित प्राथमिक शेयर निष्काशन गरेको शिवम्ले आयोजना निर्माण गर्न लागेको ऋण चुक्ता गरिसकेको छ। ऋण चुक्ता भएसँगै कम्पनीले लाभांस बढाएको हो।

प्रकाशित मिति: : 2020-10-15 11:11:00

प्रतिकृया दिनुहोस्