माननीयहरूको काइदा : तलब पूरापूर तर हाजिरीमा उपस्थितिभन्दा गयल बढी !

लोकान्तर

काठमाडाैं

गत असोज २० गते प्रदेश सभाको दुईतिहाइ बहुमतबाट ५ नम्बर प्रदेशको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी प्रदेश बनाउने प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भयो ।

प्रदेश सभाका ८७ मध्ये ८६ जना सांसद बैठकमा सहभागी भए भने नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमाल प्रदेशसभा ऐतिहासिक बैठकमा सहभागी भएनन् । 

आफन्तको मृत्यु भएका कारण अकस्मात काठमाडौं जानु पर्दा बैठकमा सहभागी हुन नसकेको हमालले बताए । उनले लोकान्तरसँग भने, ‘असोज १९ गते प्रस्तावमाथि छलफल हुँदा बैठकमा थिएँ । त्यही दिन आफन्तको मृत्यु भएपछि अनिवार्य काठमाडौं पुग्नुपर्ने नै भयो । प्रदेश सभाको ऐतिहासिक बैठक गुमाउनुपर्दा पछुतो छ ।’

ऐतिहासिक बैठकमा मात्रै होइन, प्रदेश सभाका अन्य धेरै बैठकमा माननीयहरू कम जाने गरेको देखिन्छ । प्रदेशसभा स्थापना भएयता छैठौं अधिवेशन सकिएर प्रदेश सभाको प्रमुख काम नाम र स्थायी राजधानी तोक्दासम्म १४९ वटा बैठक बसेका छन् ।

प्रकाशित मिति: : 2020-10-14 10:35:00

प्रतिकृया दिनुहोस्